|  

माओवादी केन्द्र गजुरी–२ को वडा भेला सम्पन्न, अध्यक्षमा भरत बराकोटी निर्वाचित

२८ श्रावण २०७८, बिहीबार २१:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा (माओवादी केन्द्र) गजुरी गाउँपालिका वडा नं. २ कमिटी को भेला विहिवार मलेखुमा सम्पन्न भएको छ । वडा कमिटीको भेलाले समाजसेवी भरत बराकोटीको अध्यक्षतामा २९ सदस्यि वडा कमिटी गठन गरेको हो । वडा कमिटीको सचिवमा गोपी सिल्वाल निर्वाचित भएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धादिङका जिल्ला इञ्चार्ज शालिकराम जम्कटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, जिल्ला कमिटी सदस्यविवेक थपलिया,  तारा भण्डारी, दुर्लभ कुमार तामाङ, धुर्व सुवेदी तथा गजुरी गाउँपालिका कमिटीका सचिवालय सदस्य गणेशलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको नव निर्वाचित वडा कमिटीका अध्यक्ष बराकोटीले बताउनु भयो । कार्यक्रममा समसामयीक राजनैतिक अवस्था र पार्टी जिवनको विषयमा जिल्ला इञ्चार्ज जम्कटेलले प्रशिक्षण दिनुभएको हो ।

२८ श्रावण २०७८, बिहीबार २१:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस