|  

सुदूरपश्चिम प्रदेशमा एमालेका १३ सांसद एकीकृत समाजवादी पार्टीमा

१५ भाद्र २०७८, मंगलवार १६:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


कैलाली । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् ।

प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका हुन् ।

उनीहरु सबै प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहने गरी सनाखत गरेका हुन् । आयोगका अनुसार सबैभन्दा सुरुमा अन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले सनाखत गरेका थिए ।

१५ भाद्र २०७८, मंगलवार १६:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस