|  

एकीकृत समाजवादीको पिपुल्स भोलेन्टियर गजुरी-२ को भेला सम्पन्न

१५ भाद्र २०७८, मंगलवार १८:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी / एमालेबाट बिद्रोह गरि बनेको नेकपा (एकीकृत समाजवादी ) पार्टीको युवा संगठन पिपुल्स भोलेन्टियर को गजुरी गाउँपालिका वडा नं. २ को भेला मंगलबार सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) धादिङका जिल्ला कमिटी सदस्य तथा वडा नं. २ का अध्यक्ष चुडामणि कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रञ्जिता कँडेल अध्यक्ष रहने गरि १७ सदस्यिय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा अस्मिता चेपाङ, सचिवमा विशाल घले र सहसचिवमा दिलिप लामा चयन भएका छन् । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी ) धादिङकी जिल्ला कमिटी सदस्य तथा गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगाना, वडा नं ७ का अध्यक्ष केशव अधिकारी एमालेका पुराना नेता अर्जुन अर्याल, नेकपा (एकीकृत समाजवादी ) गजुरीका अध्यक्ष पुरुषोत्तम न्यौपाने लगायतको अातिथ्यता रहेको थियो ।

१५ भाद्र २०७८, मंगलवार १८:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस