|  

प्रदेश १ : एमालेका १० सांसदले गरे एकीकृत समाजवादीको पक्षमा सनाखत

१६ भाद्र २०७८, बुधबार १४:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरिसकेका छन् । त्यस्तै उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले केही ढिलो गरी सनाखत गरेका थिए ।

उनीहरुले बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन्। १० जनाले नयाँ पार्टी रोजेकाले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।

माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्ने छ ।

९२ सदस्यीय प्रदेशसभामा अब नेकपा एमालेका ४१ सांसद छन् । एकिकृत समाजवादीका १०, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १/१ जना सांसद छन् ।

१६ भाद्र २०७८, बुधबार १४:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस