|  

देउवाले आज मन्त्रपरिषद् विस्तार गर्न सक्ने : को-को बन्दैछन् मन्त्री ?

१७ भाद्र २०७८, बिहीबार १३:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। नेपाली कांग्रेसले मन्त्रीको भागबण्डा मिलाएको छ। आफ्नो भागमा ६ मन्त्री पाएको कांग्रेसले यसअघि नै २ मन्त्री नियुक्त गरिसकेको छ।

सत्तासाझेदार दलबीच कसले कुन मन्त्रालय लिने भन्ने विवाद मिलेपछि कांग्रेसले पनि पार्टीबाट पठाउने मन्त्राबारे लगभग टुंगो लगाएको छ। सम्भवतः शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ५१ दिनमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ भन्ने हल्ला पनि चलेको छ।

रामचन्द्र पौडेल समूहबाट दीलेन्द्रप्रसाद बडूलाई मन्त्री बनाउन लागिएको छ। सोही समूहबाट तेजुलाल चौधरी वा प्रमोद यादवमध्ये एक राज्यमन्त्री हुने सम्भावना छ। कोइराला गुटले पनि देउवा नेतृत्वको मन्त्रिपरिषदमा भाग पाउने भएको छ।

स्रोतका अनुसार, यो गुटबाट सुजाता कोइराला मन्त्री बन्दैछिन्। उनलाई दिइने जिम्मेवारीबारे भने निर्णय भइनसकेको बताइएको छ। कृष्णप्रसाद सिटौला समूहले भीमसेनदास प्रधान र गगन थापामध्ये एकलाई देउवा नेतृत्वको सरकारमा सामेल गराउँदैछ।

देउवा सरकारमा यसअघि पनि सहभागी भइसकेका, काठमाडौंका रैथाने र जनजाति समूहका समेत रहेकाले प्रधानको पल्लाभारी हुने सम्भावना बढी छ। कांग्रेसभित्र प्रकाशमान समूहको उपगुट अस्तित्त्वमा रहे पनि यसले भने यस पटक भाग नपाउने भएको छ।

१७ भाद्र २०७८, बिहीबार १३:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस