|  

अनेमसंघ (क्रान्तिकारी) धुनिवेशीको भेला सम्पन्न, अध्यक्षमा बिना मिजार चयन

१८ भाद्र २०७८, शुक्रबार २०:१४ प्रकाशित
प्रदेशहब संवादाता

रोशन नेपाल


नेकपा (माओवादी केन्द्र)को महिला संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी) धुनिवेशी नगर कमिटीको भेला शुक्तवार खानिखोलामा सम्पन्न भएको छ । भेलाले लक्ष्मी भट्टराई इञ्चार्ज र बिना मिजार अध्यक्ष रहने गरि २५ सदस्यीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सृजना कोइराला सचिवमा सुमित्रा पुडासैनी सह सचिवमा हिरा बस्नेत र शारदा पाठक रहने छन् भने कोषाध्यक्षमा पार्वती कार्की चयन भएका छन् । अनेमसंघ (क्रान्तिकारी) धादिङकी संयोजक संगिता कँडेल ‘दीपा’को विषेश उपस्थितीमा भएको भेलामा माओवादी केन्द्र धुनिवेशीका अध्यक्ष राजकुमार पाठकको आतिथ्या रहेको थियो ।

१८ भाद्र २०७८, शुक्रबार २०:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस