|  

अखिल (क्रान्तिकारी) थाक्रे गाउँपालिका प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा जनक थापा चयन

१९ भाद्र २०७८, शनिबार २०:४४ प्रकाशित
प्रदेशहब संवादाता

निर्देश अर्याल


धादिङ। अनेरास्ववियू (क्रान्तिकारी) थाक्रे गाउँपालिका प्रथम सम्मेलनले जनक थापाको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ। शनिबार सम्पन्न सम्मेलनले थापाको अध्यक्षतामा पालिका कमिटी गठन गरेको हो। प्रथम सम्मेलनले अध्यक्षमा जनक थापा, उपाध्यक्षमा जमुना पुरी, सचिवमा श्री कृष्ण आचार्य, कोषाध्यक्षमा पुजा तामाङ चयन गरेको छ। सम्मेलनले पाँच वटा बिभाग समेत गठन गरेको छ। विभागहरू संगठन, प्रशिक्षण, आर्थिक, अतिरिक्त क्रियाकलाप, प्रचार प्रसार विभागिय प्रमुख पालिका कमिटीको पहिलो पुर्ण बैठक बाट टुङ्गो लगाइने भएको छ। अखिल ( क्रान्तिकारी) धादिङ जिल्ला जिल्ला सचिवालय सदस्य तथा थाक्रे गाउँपालिका ईन्चार्ज निर्देश अर्यालको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र धादिङको नेता दिपक लामिछाने सुबोध को प्रमुख आतिथ्यता रहेको थियो। यसैगरी माओवादी केन्द्र थाक्रे को अध्यक्ष यन्त्र बहादुर थापा जिन्दगी, नेताहरु भरत कोईराला, पुजन थापा, अर्जुन ओझा,राजु पौडेल, राजेन्द्र थापा, अखिल (क्रान्तिकारी) धादिङको सयोंजक उपेन्द्र जम्कटेल, अनेरास्ववियू (क्रान्तिकारी) धादिङको सचिवालय सदस्य बिनोद आचार्य लगायतको आतिथ्यता रहेको थियो।

१९ भाद्र २०७८, शनिबार २०:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस