|  

धादिङ गंगाजमुनाको सिङ्गो चिमचोक गाउँमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश

२७ भाद्र २०७८, आईतवार ०६:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ३ मा २ सय ७० जना विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा परित्याग गरी माओवादी केन्द्रमा समाहित भएका नवप्रवेशीहरुलाई नेकपा(माओवादी केन्द्र) धादिङका इन्चार्ज एवं पूर्व मन्त्री सालिकराम जम्कट्टेलले शनिवार एक कार्यक्रम का वीच स्वागत गर्नुभएको हो ।
नेकपा(माओवादी केन्द्र) गंगाजमुना गाउँपालिका वडा नं. ३ पार्टी कमिटीको दोस्रो विस्तारित भेलाको अवसरमा सो संख्यामा पार्टी प्रवेश गरेका हुन् ।
वडा पार्टी इन्चार्ज गंगा बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज एवं केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो भने अखिल नेपाल ट्र्ेड युनियन महासंघका अध्यक्ष एवं वागमती प्रदेशका सांसद जगत सिंखडा, नेकपा(माओवादी केन्द्र) धादिङका अध्यक्ष विजय बुर्लाकोटीको विशेष आतिथ्यता रहेको थियो । नेपाली कांग्रेसबाट मन बहादुर तामाङको नेतृत्वमा, नेकपा एमालेबाट तेज बहादुर गुरुङको नेतृत्वमा र राप्रपाबाट काले तामाङको नेतृत्वमा नेकपा( माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।
कार्यक्रमकै अवसर पारेर जनयुद्धका सहिद परिवार, सामुदायिक विद्यालयलाई, जग्गा दान गर्ने, विद्यालय स्थापनामा भूमिका निर्वाह गर्ने समाजसेवी एवं तामाङखर्क माध्यमिक विद्यालयका संस्थापकहरुलाई समेत सम्मान गरिएको थियो ।

२७ भाद्र २०७८, आईतवार ०६:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस