|  

माओवाद केन्द्रका नेता जमकट्टेल बने बागमति प्रदेशको अर्थमन्त्री

२६ कार्तिक २०७८, शुक्रबार ०८:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपालमा चलेको १० वर्षे सशस्त्र संघर्षमा मजदुरको नेतृत्व गर्दै कैयौं उद्योगहरुमा आन्दोलनको नेतृत्व गरेका धादिङका शालिकराम जमकट्टेल बागमति प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सत्तारुढ माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । माओवादी केन्द्रका अनुसार प्रदेश सरकारले पूरक बजेट ल्याउने तयारी गरेकाले आर्थिक मन्त्रालय जम्मकट्टेल लिएका हुन् । जम्मकट्टेलले बिहीबार शपथ लिइसकेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले अर्थमन्त्री जमकट्टेल सहित स्वास्थ्य मन्त्री निमा लामालाई हिजै साँझ शपथ ग्रहण गराएका छन् ।

जमकट्टेल सशस्त्र संघर्षको समयमा मजदुर आन्दोलन चलाएका चर्चित नेता हुन् । उनलाई यसअघिको सरकारले अर्थमन्त्री दिन अस्वीकार गरेको थियो । बागमति प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएपछि जमकट्टेलले राज्यकोषको समान वितरणमा ध्यान दिने बताए । प्रदेश संचार सँग संक्षिप्त प्रतिक्रिया दिँदै बागमति प्रदेशका अर्थमन्त्री जमकट्टेलले जनताको आधारभूत सेवाहरु ग्यारेन्टी हुने गरी काम गर्ने बताएका छन् ।

२६ कार्तिक २०७८, शुक्रबार ०८:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस