|  

नेपाली कांग्रेस धादिङको प्रदेश क्षेत्रिय समितिको अधिवेशन मंसिर ३ गते हुने

२७ कार्तिक २०७८, शनिबार १७:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । १४ औं महाधिवेशन अन्र्तगत नेपाली कांग्रेस धादिङको प्रदेश क्षेत्रिय समितिको अधिवेशन यहि मंसिर ३ गते हुने भएको छ । पदाधिकारी सहित २७ सदस्यीय क्षेत्रिय कार्यसमितिको कांग्रेस धादिङले मंसिर ३ गते अधिवेशन गर्न लागेको कांग्रेस धादिङका नेता नवराज तिमल्सिनाले बताए ।

३ गते धादिङको ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन हुने छ, उक्त अधिवेशनबाट प्रत्येक क्षेत्रमा २७ सदस्यीय क्षत्रिय समिति चयन हुनेछ । कांग्रेस धादिङले प्रतिनीधि सभा क्षेत्रको अधिवेशन भने मंसिर ६ गते हुने जनाएको छ ।

२७ कार्तिक २०७८, शनिबार १७:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस