|  

समाजवादी प्रेस संगठन केन्द्रको नेतृत्वमा धादिङबाट ५ जना

२७ कार्तिक २०७८, शनिबार १७:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । शनिवार भएको घोषणा सभाबाट संगठनको केन्द्रिय समितिमा धादिङबाट उपाध्यक्ष सहित ५ जना चयन भएका छन् ।
संगठनको बागमती प्रदेश इन्चार्ज समेत रहेका नवराज छत्कुली केन्द्रीय उपाध्यक्षमा र सुवास खतिवडा, सरिता श्रेष्ठ, राजाराम शर्मा र सुनिता सिंखडा संस्थापक केन्द्रिय सदस्यमा चएन भएका हुन् ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको प्रेस संगठन नेपालको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो ।

२७ कार्तिक २०७८, शनिबार १७:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस