|  

कार्यकर्ताद्वारा धादिङबेसी स्थित कांग्रेसको जिल्ला कार्यालयमा तालाबन्दी

१० बैशाख २०७९, शनिबार १३:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । नेपाली कांग्रेस रुबीभ्याली गाउँपालिकाका कार्यकर्ताहरुले धादिङबेसी स्थित जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

गठबन्धनको नाममा कार्यकर्ताको मनोवल गिर्नेगरी भागबण्डा गरेकोमा असन्तुष्टि जाहेर गर्दै गठबन्धनमा भएको सहमतीमा पुनर विचार गर्न दवाव दिने उद्धेश्यले पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताईएको छ ।

१० बैशाख २०७९, शनिबार १३:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस