|  

निहारिका राजपुत र सरकारबीचमा तीनबुँदे सहमति, राजपुतले ताेडिन्न अनशन

६ भाद्र २०७९, सोमबार ०८:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनशन बसेकी निहारिका राजपुत र सरकारबीचमा तीनबुँदे सहमति भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीनबुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी छन् । उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् ।

सहमतिमा राजपुतको मागानुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको छ । रासस

६ भाद्र २०७९, सोमबार ०८:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस