|  

नेपाल उद्योग व्यापार महासंघ जिल्ला धादिङको अध्यक्षमा दिपक कुमार कंडेल चयन

९ भाद्र २०७९, बिहीबार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल उद्योग व्यापार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा दिपक कुमार कंडेल चयन हुनुभएको छ ।

बुधबार धादिङ बेसीमा भएको नेपाल उद्योग व्यापार महासंघ जिल्ला प्रथम भेला एवं अधिवेशनले कंडेलको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिती चयन गरेको हो ।

जसको उपाध्यक्षमा आत्मराम चेपाङ, सचिवमा हरिकृष्ण लम्साल,कोषाध्यक्षमा नारायण कुमार श्रेष्ठ, सह-सचिवमा आगमन खतिवडा र सह-कोषाध्यक्षमा सञ्जय श्रेष्ठ रहनुभएको छ ।

निर्वाचित सदस्यहरु :
-रामकुमार दुवाडी (बेनीघाट रोराङ)
-जगत प्रसाद रेग्मी (गजुरी)
-भरत अधिकारी (गल्छी)
-शुक्र कुमार श्रेष्ठ (गजुरी)
-रामभक्त भण्डारी (गजुरी)
-ज्ञानेन्द्र मगर (बेनीघाट रोराङ)
-सम्झना सिटौला (भण्डारी)- त्रिपुरासुन्दरी
-पुरुषोत्तम कोइराला (धुनीबेसी)
-सानुभाई भूजेल (धुनीबेसी)
-राजेन्द्र गुरुङ (नीलकण्ठ)
-रेशम ब. सिंम्खडा (त्रिपुरासुन्दरी)
-प्रेम ब. गुरुङ (नीलकण्ठ)
-गणेश केडेल (बेनीघाट रोराङ)
-नारायण कुमार श्रेष्ठ (नीलकण्ठ)
-अम्बिका सुवेदी (नीलकण्ठ)
-सन्तोष थपलिया (बेनीघाट रोराङ)
-घनश्याम पान्डे (बेनीघाट रोराङ)
नेपाल उद्योग व्यापार महासंघ वागमति प्रदेशका संयोजक ध्रुव बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि माओवादि केन्द्र वागमती प्रदेश सहसचिव दल बहादुुर बुर्लाकोटिको प्रमुख आतिथ्य रहेको थियो भने जिल्ला समन्वय समिती धादिङका संयोजक मनराज भण्डारी, नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य रुद्र बहादुर खत्रीको विशेष आतिथ्य रहेको थियो ।

९ भाद्र २०७९, बिहीबार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस