|  

धादिङको मलेखुमा हुने तिज विषेश हरितालिका तिज धमाकाकाे तयारी तिव्र

१२ भाद्र २०७९, आईतवार १४:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकाको संगम स्थल मलेखुमा तिज विषेश कार्यक्रम हरितालिका तिज धमाकाकाे तयारी तिव्र भएको छ । हरितालिका तिजको दिन यहि भाद्र १४ गते भद्रकालि सामुदायीक विकास समाज मलेखुको आयोजनामा कार्यक्रम हुने कार्यक्रम संयोजक भरत बराकोटीले बताउनु भयो । नेपाली महिलाहरुको महान् पर्व तिजको अवशरमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कालाकारहरुको बेजोड प्रश्तुती रहने संयोजक बराकोटीले बताउनु भयो । कार्यक्रममा लोकदोहोरी गायक विष्णु खत्रि, रामजी खाड,मनमायाँ वाईवा, हाँस्य कालाकार बल्छी धुर्वे, गायिका सुमित्रा तामाङ, मोडल पुजन घिमिरे, गायिका रेणुका भट्टराई, गिता रोक्का र प्रेम परियार लगायतको प्रस्तुती रहेने संयोजक बराकोटीले जानकारी दिनु भयो । कार्यक्रम बेनिघाट रोराङ गाउँपालिका, सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिका त्यसैगरि गोर्खा बु्रअरीको मुख्य प्रायोजनमा हुन लागेको हो ।

१२ भाद्र २०७९, आईतवार १४:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस