|  

इन्द्र बहादुर थपलियाको स्मृतीमा कार्यक्रम

१५ भाद्र २०७९, बुधबार १६:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । १० वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त गरेका ईन्द्र बहादुर थपलियाको स्मृतीमा आज एक कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र बेनिघाट रोराङ गाउँपालिका वडा नं. ७ को वडा कमिटीको आयो जनामा भएको स्मृति सभामा सहिद ईन्द्र बहादुर थपलियाका छोरा अर्थात् बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेश’को प्रमुख आतिथ्यता रहेको थियो । माओवादी भए कै कारण आजैका दिन अर्थात भदौं १५ गते जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ७ का ईन्द्र बहादुर थपलिया क. चट्टान को तात्कालिन राज्यपक्षले ज्यान लियो । आजकै दिन क. चट्टान सँगै भुमेस्थान निवासी विन्दा सुवेदी र कमल ढकाललाई माओवादी कार्यकर्ता भएकै कारण हत्या गरेको थियो ।

तात्कालिन शाही सेनाले ४८ वर्षिय थपलियालाई पार्टी कामको सिलसिलामा जाँदै गर्दा भुमेस्थान खोस्टे खोला बिमिरेमा, १७ वर्षिय विन्दा सुवेदीलाई घरबाटै गिरफ्तार गरि घरमाथि जंगलमा र कमल ढकाललाई मकवानपुरको डाँडावासमा हत्या गरेको हो।
क. चट्टानको स्मृती सभामा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा बेनिघाट रोराङ गाउँकमिटी अध्यक्ष पित्त बहादुर डल्लाकोटीको विषेश आतिथ्यता रहेको थियो भने प्रदेश कमिटी सदस्य चन्द्र ब. सिलवाल मिलन, दिपा कँडेल , वडा नं. ४ का अध्यक्ष राजु गुरुङ, ५ नं. वडाका अध्यक्ष सिव सिलवाल र ७ नं. वडा अध्यक्ष कुमार वस्नेत लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले ईन्द्र बहादुर थपलिया विवेकले युद्धकालमा गरेका कामको प्रशंसा गर्द उहाँले देखाएको मार्गमा दृढताका साथ लाग्ने प्रण गरेका छन् ।

१५ भाद्र २०७९, बुधबार १६:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस