|  

जापान उडेको जहाजमा धुवाँको मुस्लो निस्किए पछि पतकालीन अवतरण

२९ भाद्र २०७९, बुधबार ०८:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डु, २९ भदौ– जापान उडेको नेपाल वायु सेवा निगमको जहाज काठमाण्डु विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

जापानको नारिताका लागि गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरकबो वाइडबडी जहाजबाट धुवाँ आएपछि काठमाण्डु फर्काइएको हो ।

जहाजमा १ सय ८४ यात्रु थिए । प्राविधिक जाँचपछि जहाज बुधबार फेरि उडाउने तयारी छ । जहाजको कार्गो रहेको भागमा धुवाँ आएको विमानस्थल श्रोतले जनाएको छ ।

२९ भाद्र २०७९, बुधबार ०८:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस