|  

दशैंको अग्रिम टिकट बुकिङ आज देखि खुला

१ आश्विन २०७९, शनिबार ०७:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


दशैं–तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार आजरदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।

१ आश्विन २०७९, शनिबार ०७:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस