|  

माओवादी केन्द्र धादिङ–काठमाण्डौं समन्वय समितीले दशैं विषेश कार्यक्रम गर्ने

१ आश्विन २०७९, शनिबार ०७:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


माओवादी केन्द्र धादिङ–काठमाण्डौं समन्वय समितीले दशैं विषेश कार्यक्रम गर्ने
काठमाण्डौं, नेकपा (माओवादी केन्द्र) धादिङ–काठमाण्डौं सम्पर्क समन्वय समितीले दशैं विषेश कार्यक्रम गर्ने भएको छ । नेपालीहरुको महान् चाड दशैं, तिहार, छठ तथा नेपाल संवत लगायतको अवशर पारेर यहि असोज ८ गते शुभकामना आदान प्रदान तथा राजनैतिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको सम्पर्क समन्वय समितीका सदस्य राजन ढुंगानाले जानकारी दिनुभयो । माओवादी केन्द्रका केन्द्रिय सचिव डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा धादिङ जिल्लाका माओवादी नेताहरुको पनि आतिथ्यता रहेने छ । कार्यक्रम काठमाण्डौंको बालाजु स्थीत बालाजी बैंकुट, वसपार्कमा हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्यहरु शालिकराम जम्कटेल, पुष्प विक्रम मल्ल, कल्पना धमला लगायतको उपस्थिती रहनेछ ।

१ आश्विन २०७९, शनिबार ०७:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस