|  

गल्छि जीप दुर्घटनामा ५ को मृत्यु, १० घाइते

६ असार २०७६, शुक्रबार १८:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गल्छिमा जीप दुर्घटना, पाँचजनाको मृत्यु, १० जना घाइते 
www.pradeshhub.com

गल्छि/ धादिङको गल्छी गाउँपालिका-६ बाँझगाउँमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा कम्तीमा पाँचजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका-५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा गल्छी गाउँपालिका-६ का २५ वर्षीय नानु तामाङ, ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका- ४ का ३८ वर्षीय सेते मिजार र २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् ।

दुर्घटनामा परेकी २१ वर्षीया समिक्षा अधिकारीको उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीले जानकारी दिएको छ।  घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर काठमाडौँ लगिएको छ । यो बोलेरो जीप माथिल्लो सडकबाट दुर्घटना भएर अर्को सडकमा बजारिएको थियो।

६ असार २०७६, शुक्रबार १८:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस