|  

विद्यालयको संरचना भव्य : विद्यार्थी संख्या न्युन

१० असार २०८०, आईतवार १४:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


शर्मिला तामाङ/गजुरी
अहिले देशभरका सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या घट्दो छ । सरकारले सामुदायीक विद्यालयमा भरपूर लगानी गरे पनि विद्यार्थीहरुको संख्या भने न्युन हुने गरेको पाईएको छ । धादिङको गजुरी गाउँपालिकाका अधिकांश विद्यालय भवन आधुनिक र भव्य छ । विद्यालयको भौतिक संरचना मात्र भएर के गर्नु विद्यार्थी संख्या नै नभए पछि । गजुरी गाउँपालिका वडा नं. ८ मा रहेको रक्तकालि आधारभुत विद्यालयमा विगत ३ वर्ष देखि विद्यार्थी भर्ना दर घट्दै गएको प्रधानाध्यापक मिलन बस्नेत ताउनु हुन्छ । अहिले निजि विद्यालय भन्दा सामुदायीक विद्यालयमा सुविधा धेरै छ । दिवा खाजा कार्यक्रम पनि संचालन भई रहेको छ । यति हुँदा हुँदै पनि विद्यार्थीको संख्या घट्नु शैक्षिक गुणस्तरमा भएको गिरावटको कारण भएको शैक्षिक व्यत्तित्वहरु बताउँछन् । हरेक वर्ष जसो सामुदायीक विद्यालयको आधारभुत तहमा विद्यार्थीको संख्या घट्दो छ ।
पछिल्लो समय आधारभुत तह निजी विद्यालयमा अध्ययन गराउने र माध्यमिक तहको लागि सामुदायीक विद्यालय लाने गरेको पाईएको छ । पुरानै शिक्षक पुरानै शिक्षण विधिले पनि सामुदायीक विद्यालयमा आकार्षण घटेको हो ।
सामुदायीक विद्यालयमा तिनै तहको सरकार, संघिय, प्रदेश र स्थानिय सरकारले अधिकतम खर्च गरिरहेको छ । गजुरी गाउँपालिकाले मात्रै सामुदायीक विद्यालयमा ठुलै रकम लगानी गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीले जानकारी दिनुभयो ।
गजुरी गाउँपालिकाकै अर्काे विद्यालय पतालिनी आधारभुत विद्यालयमा पनि अहिले विद्यार्थीको संख्या घटेको छ । गतवर्षहरुमा भन्दा अहिलेको वर्ष १५ प्रतिशतले विद्यार्थीको संख्या घटेको प्रधानाध्यापक हरि ब. श्रेष्ठले बताउनु भयो ।
सामुदायी विद्यालयमा राजनीति सँगै शिक्षामा गुणस्तरको कमिले गर्दा आकर्षण घटेको शिक्षा विद्हरु बताउँछन् । गाउँ गाउँमा सामुदायीक विद्यालयको संरचना भव्य भए पनि अहिले विद्यार्थी घट्दो छ । राज्यले करोडौं लगानी गरेर निर्माण गरेको समुदायीक विद्यालयको भवन विस्तारै प्रयोग विहिन होला कि भन्ने चिन्ता स्थानियले गरेका छन् । उता सरकारले भने शिक्षामा धेरै लगानी गरेको छ । सामुदायीक विद्यालयमा विद्यार्थी संख्या र गुणस्तर वृद्धि गर्न स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार सबैको ध्यान जान जरुरी छ ।

१० असार २०८०, आईतवार १४:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस