यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ – चौतर्फी विवादको घेरामा परेको केपी ओली नेतृत्वको सरकार पुर्नगठनको तयारीमा छ । विकास र सम्बृद्धिको सपना देखाएको ओली सरकार छोटो समयमा नै अलोकप्रिय बन्न पुगेपछि पुर्नगठन गर्न लागिएको हो । कार्यसम्पादनमा कमजोर देखिएपछि केहि मन्त्रीको विदाई हुँदै छ भने केहि नयाँको प्रवेश हुँदैछ ।
हटाईने मन्त्रीमा खानेपानी मन्त्री विना मगर, चक्रपाणी खनाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योग मन्त्री मातृक यादव, यातायात मन्त्री रघुविर महासेठ लगायत छन् । शिक्षामन्त्री गिरिराजमणी पोखरेलको काम सन्तोषजनक नभएपनि आन्तरिक राजनीतिक सन्तुलनको कारण हटाउने निश्चित भएको छैन् । गृहमन्त्री रामबहादुर थापालाई हटाउन पनि नेकपा भित्र चर्को दवाव छ । प्रभावशाली नेता जर्नादन शर्मा थापा विरुद्ध खुलेर लागेका छन् । सञ्चारमन्त्री गोकुल बास्कोटाको मन्त्रालय परिर्वतन हुने झिनो सम्भावना छ ।
केहिमन्त्रीको विदाई हुने भएपछि पुर्नगठित मन्त्रीमण्डलमा पर्न लबिङ सुरु भएको छ । मन्त्री बन्नका लागि लेखराज भट्ट, योगेश भट्टराई, देवेन्द्र पौडेल, लगायतका नेताहरु अग्रपंतिमा छन् । भट्टले भौतिक पूर्वाधार तथा यातायात मागेका छन् । भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ