यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत बुधवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि निरन्तरता पाउने भएको हो।
बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखिसकेका छन् । हिजोको बैठकमा वर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ आफ्नो धारणा राखेका थिए।
बैठकमा मुख्य गरी मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेको छ।
आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने बताइएको छ । त्यसपछि
बैठकमा उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ ।
साभार:गण्डकी टाइम्सबाट