यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु भएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गरे पश्चात् अहिले वडा वडामा कार्यक्रमको उद्घाटन भई रहेको छ ।
८ वटा वडा रहेको गजुरी गाउँपालिकामा पनि अभियानको शुरु भएको छ । गजुरी गाउँपालिकाको वडा नं. ४मा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले वृक्षरोपण गरि अभियानको उद्घाटन गर्नुभएको छ । रुपान्तरण अभियानको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले माओवादी केन्द्र अब जनताको काममा केन्द्रीत भएर काम गर्न लागि परेको बताउनु भयो । गजुरीका जनताको चाहना पूरा गर्न पार्टी र गाउँपालिका सरकार लागि परेको बताउनु भयो । गाउँपालिका सरकार जनता सँगै हुन्छ साथै माओवादी केन्द्र पनि तपाईको कामको लागि यो अभियान महत्वपूर्ण हुन्छ ।