यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नेकपा (एमाले) ले पार्टी सचिवालय बैठक बोलाएको छ।
पार्टी उपाध्यक्ष सुवास नेम्वाङको अकस्मात् निधन भएपछि त्यसबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ २०७८ मंसिरमा चितवनमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए।
कोअर्डिनेसन केन्द्रदेखि नै भूमिगत राजनीतिमा सक्रिय रहेका नेम्वाङ एमालेभित्रको आन्तरिक राजनीतिमा संस्थापन पक्षधर नै भए पनि मिलेर जानुपर्छ भन्ने धारणा राख्थे।
एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्। नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेट जाँदा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो।
नेम्वाङलाई हृदयघात भएको थियो।
साभार.सेतो पाटिबाट