यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
आजका वालवालिका भविष्यका देश निर्माता भएको गजुरी गाउँपालिकाका अध्यक्ष गणेललाल श्रेष्ठले बताउनु भएको छ ।
गजुरी गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा ५९ औं बाल दिवसको अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले वालवालिकाको चौतर्फी विकासको लागि गाउँपालिका लागि रहेको बताए । गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुराल,गजुरी वार्ड नम्बर १ का वार्ड अध्यक्ष तारा नाथ भण्डारी,गजुरी ६ नम्बर वार्ड का अध्यक्ष भक्तबहादुर कर्ण तामाङको आतिथ्यता रहेको थियो । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस स्रोत केन्द्र भवन गजुरीमा सम्पन्न भएको गजुरी गाउँपालिका को स्रोत शिक्षक भण्डारीले बताउनुभयो।
गजुरीले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आएको छ ।नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गतेका दिन मनाउन थालिएको हो।
गजुरी गाउँपालिका भित्र रहेका बिधालयहरु मध्ये १० बिधालयबाट छात्रछात्रा २० जना सहभागी रहेका थियो।जसमा गजुरी पीडा मा.वि.बाट प्रथम मनिष श्रेष्ठले पुरस्कार रु.५,००० हजार,मुनाल एकेडेमी गजुरीबाट दोस्रो अभिनय सिल्वालले पुरस्कार रु. ४,००० हजार,आदर्श मा. वि.बाट नसिम उप्रेती तृतीय पुरस्कार रु.३,००० हजार र थुम्कीडाँडा मा.वि.बाट सानतोना बिशुमाया तामाङले २,००० हजार पुरस्कार समेत पाएको गजुरी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा स्रोत शिक्षक सुजन भण्डारीले जानकारी दिनुभयो।