|  

हत्या गरेर जन्मकैदको सजाय पाएका रिगललाई राष्ट्रपतिले दिए आममाफी उपहार !

४ आश्विन २०८०, बिहीबार १५:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोझी चोकमा नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको दिउँसै खुँडा प्रहार गरी हत्या भयो ।

उनको हत्या नेपाली काँग्रेस निकट भ्रातृ संगठन तरुण दलका तत्कालीन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति रिगल भनिने योग ढकाल र उनको समूहले गरेको थियो ।

अदालतले उनलाई हत्या अभियोगमा सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । तिनै दिनदहाडै हत्या गरेर सर्वस्वसहित जन्मकैदको सजाय पाएका रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी उपहार दिएका छन् ।

संविधान दिवसको अवसर पारेर राष्ट्रपति पौडेलले उनलाई आममाफी दिएका हुन् । कैद सजायको ५० प्रतिशत पनि भुक्तान नहुँदै कांग्रेस नेताहरूको दबाबमा उनलाई आममाफी दिइएको हो ।

मानन्धरको हत्या गरेपछि फरार भएका उनले २०७२ भदौमा अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । राष्ट्रपतिबाट आममाफी पाएसँगै रिगल दाङस्थित घोराही कारागारबाट रिहा भएका छन् ।

उनलाई स्वागत गर्न तरूण दलका नेता कार्यकर्ता गाडीको लावालस्करसहित कारागारमा पुगेका थिए । उनलाई कारागार बाहिर फूल माला, अबीरले स्वागत भएको देख्दा लाग्दथ्यो उनी जेलबाट छुटेका हैनन् कि विश्व रेकर्ड कायम गररे फर्किएका हुन् ।

उनलाई तरूण दलका नेता कार्यकर्ताले स्कर्टिङसहित नेपालगञ्ज पुर्‍याएका थिए ।

४ आश्विन २०८०, बिहीबार १५:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस