|  

शिक्षक आन्दोलन : शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका १७ जना पक्राउ

५ आश्विन २०८०, शुक्रबार १५:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरू विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनका विद्यार्थीहरू हुन् ।

सिंहदरबारको दक्षिण गेटको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

५ आश्विन २०८०, शुक्रबार १५:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस