यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज आइतबार सुनुवाइ हुँदैछ ।
काठमाडौं जिल्ला अदालतमा गत असोज १ गते न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको हो ।
त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले फेरि पीडितको जन्मदर्ता मगाउन आदेश दिएको थियो ।