|  

धादिङ बेनिघाटमा पाँचमहिलाद्वारा अचार पसल सञ्चालन

८ आश्विन २०८०, सोमबार २१:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेनिघाट रोराङ गाउँपालिकाको खत्रीटारमा स्थानीय महिलाहरुले अचार उधोग सन्चालन गरेका छ्न।

बेनिघाट रोराङ ७ खत्रीटारको ५ जना महिलाहरु क्रमश : सुस्मिता क्षेत्री , नानिमाया रिजाल बस्नेत रिजाल , दिपा दुवाडी , ज्वाला बस्नेत र यमुना त्रिपाठीको संयुक्त लगानीमा पौरखी अचार उद्योग संचालन गरिएको हो।

पालिकाबाट तालिम लिगेका महिलाहरु मध्ये ५ जना मिलेर रु.२,२५,००० (दुई लाख पच्चीस हजार)लगानिमा सन्चालन गरेका छन्।।सफा, स्वादिष्ट अनि अर्गानिक अचार गाउँघरकै काउली,बन्दा,गाजर,खुर्सानी,मुला,कागती,लप्सी,च्याउ,कुखुरा को मासु,खसिको मासुबाट बनेको समेत अचार पाइने र खत्रीटारमा बेच्न राखेको व्यावसायिक हिसाबले मिलेर लगानी गरेको नानू माया बस्नेत/रिजालले बताइन्।

८ आश्विन २०८०, सोमबार २१:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस