यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ स्थित छात्राबासमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यक्रम सम्पन्न भएको छ ।बिषेशगरी किसानहरुको लागी आर्थिक उपार्जनमा सघाउ पुराउने उदेश्यले यो परियोजना सञ्चालन गरिएको इकाई धादिङका जोन अधिकृत कल्पना पाण्डेले जानकारी दिईन् ।
गजुरी वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धादिङ अन्तर्गत जोन सन्चालन समन्वय समितिले दुई आर्थिक बर्षको लागी दुई जनालाई चयन गरेको हो ।
जोेन कार्यक्रम अन्तर्गत जन आदर्श बहुउद्देश्यीय सहकारी सँस्थाका तारानाथ भण्डारी र किरान्चोक कृषि सहकारी सँस्थाका तर्फबाट इन्द्र बहादुर अधिकारीलाई सर्वसम्मत चयन गरिएको हो ।
गजुरी गाउँपालिकाभित्र दर्ताभएका ५८ फार्महरु मध्येबाट दुई जना ब्यक्तिहरुको नाम सर्वसम्मत चयन गरिएको वडा नम्बर ७ का अध्यक्ष बद्रि प्रसाद जम्कटेलले जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धादिङका जोन अधिकृत कल्पना पाण्डे, प्रतिनिधि बास्ना सिलवाल, वडा अध्यक्षहरु, कृषि परियोजनाका सदस्य, स्थानियहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो।