यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ मा नवनिर्मित पाखुरे आधारभूत स्वास्थ्य सेवा केन्द्रको आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
बिषेशत गर्भवती महिला तथा सुत्केरी आमाहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस केन्द्रलाई सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका छन् । आजको उद्घाटन कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका अध्यक्ष श्रेष्ठले गर्भवती महिलाहरुको विशेष अबस्थामा विशेष ख्याल गर्नुपर्ने बताए। पोषणयुक्त खानाको आबश्यकता पर्ने भन्दै अण्डा र फलफूल समेत बितरण गर्नुभयो । उद्घाटनको बिषेश दिन पारेर उपस्थित १५ जना गर्भवती महिलाहरुको लागि अण्डा र फलफूल अध्यक्ष श्रेष्ठले बितरण गर्नुभएको हो ।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलालको प्रमुख अतिथ्यता, उपाध्यक्ष शर्मिला बिशुराल विशेष अतिथि,गजुरी स्वास्थ्य शाखाका प्रमुख सुन्दर श्रेष्ठ तथा गजुरी गाउँपालिका वडा नम्बर १,३,४ का अध्यक्षहरु तारानाथ भण्डारी, ऋषिलाल श्रेष्ठ, सुरेन्द्र प्रजा र गजुरी गाउँपालिकाका माओवादीका पार्टी अध्यक्ष सुर्य तामाङ लगायतको उपस्थिती रहेको थियो ।