|  

ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो

१७ आश्विन २०८०, बुधबार ११:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ – ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए ।

राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मलेखुमा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको थियो ।

बाटो काट्ने क्रममा सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएपछि आफन्तले सठक अवरुद्ध बनाएका थिए । उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गजुरी अस्पतालमा छ । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकका चालक  रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ आश्विन २०८०, बुधबार ११:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस