|  

इजरायलबाट स्वदेश फर्कन चाहने विद्यार्थीलाई आज ल्याइँदै, परराष्ट्रमन्त्री साउद इजरायल जाँदै

२५ आश्विन २०८०, बिहीबार ०७:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन् ।
नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार बिहान चार बजे त्यसतर्फ लागेका छन् । उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो । स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने र त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ ।

२५ आश्विन २०८०, बिहीबार ०७:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस