|  

सन्दीप लामिछानेले क्रिकेट नखेल्ने !

२६ आश्विन २०८०, शुक्रबार ०७:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने भएका छन् ।

बिहीबार राति फेसबुक स्टाटस लेख्दै उनले आफू जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको उल्लेख गर्दै आफ्नो समय परिवार दिन लागेको जनाएका हुन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कात्तिक १ गतेदेखि १० गतेसम्म घरेलु मैदानमा हुने नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज उनले नखेल्ने निर्णय गरेका हुन् ।

‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनःजागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद। अर्को भेट नभए सम्म ।’ सन्दीले फेसबुकमा लेख्दै भनेका छन् ।

सन्दीपलाई नाबालिका बलात्कारको आरोप लागेको छ । उनीविरुद्धको मुद्वाको सुनुवाइ पटक(पटक स्थगित हुँदै आएको छ ।
काठमाडौं जिल्ला अदालतमा हिजो बिहीबारका लागि तोकिएको मुद्दाको सुनुवाइ पनि न्यायाधीश अभावको कारण देखाउँदै स्थगित गरिएको थियो ।

२६ आश्विन २०८०, शुक्रबार ०७:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस