|  

गजुरीको सिद्धेश्‍वर महादेवको मन्दिर र कालिका मन्दिर परिसर सरसफाई

२७ आश्विन २०८०, शनिबार ०७:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । ६८औं प्रहरी दिवसको अवसरमा गजुरी गाउँपालिका वडा नं।१ गजुरी स्थित रहेको सिद्धेश्‍वर महादेवको मन्दिर र कालिका मन्दिर परिसर सरसफाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख रबिन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो।

गजुरी सामुदायिक समाजका अध्यक्ष दिवस सागर लगायतको उपस्थितमा सरसफाइ कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न, चाडबार्डलाई लक्षित गरेर सुन्दर गजुरी बनाउन तर्फ लागि परेको श्रेष्ठले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका गजुरीका सम्पुर्ण टिम एकजुट भएर लाग्ने प्रतिबद्धता समेत राख्नु भएको छ।

२७ आश्विन २०८०, शनिबार ०७:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस