यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नेपालीहरुको महान् पर्व दशैं मनाउन जन्मथलोमा आउने यात्रुहरुको असहजतालाई महसुस गर्दै गजुरी गाउँपालिकाले सहजीकरण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले एक सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाका ग्रामिण भेगमा जान वेलुकी तथा रातीको समयमा गाउँपालिकाले यातायातमा सहजीकरण गर्ने बताईएको छ । सहजीकरणको लागि गाउँपालिकाका सवारी चालक सविन अधिकारी र वरिष्ठ गाउँपालिका प्रहरी केशरमान श्रेष्ठलाई सम्पर्क गर्न सार्वजनिक सूचनामा भनिएको छ । आदमघाट हुँदै वडा नं. ५, ६, ७ र ८ को माथिल्लो क्षेत्र जाने यात्रुहरुको लागि सवारी चालक सविन अधिकारी र घाटवेशी बजारबाट माथिल्लोभेगमा, गजुरी बजारबाट माथिल्लो भेगमा, चालिसेबाट माथिल्लो भेगमा र मलेखुबाट माथिल्लो भेगमा जाने यात्रुहरुले वरिष्ठ गाउँपालिका प्रहरी केशरमान श्रेष्ठलाई सम्पर्क गर्न सक्नेछन् ।
गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले यात्रुहरुको सेवाका लागि सहजिकरण गर्ने निर्णय गरेकोे भन्दै सामाजिक संजाल मार्फत प्रयोग कर्ताहरुले धन्यवाद र बधाई दिएका छन् ।