|  

एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै, को-को छन् अध्यक्षका प्रत्याशीहरु ?

२ कार्तिक २०८०, बिहीबार ०८:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र आरके राजेन्द्र कुमार शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी चारै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरुले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी ब्यवस्था मिलाइएको छ। विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् ।

निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समयसिमा तोकिएको छ । जारी महाधिवेसनमा ४ हजार २ सय २७ प्रतिनिधिहरुले मतदान गर्न पाउने छन्, जसमध्ये झन्डै ९ सय प्रतिनिधि भने नेपाल आएकाले उनीहरुले यतैबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

एनआरएनएको जारी ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएमा सो ७४ पदका लागि संसारभरवाट एक सय २० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुईजना बीच प्रतिस्पर्धा हुँदैछ। दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ।

२ कार्तिक २०८०, बिहीबार ०८:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस