|  

त्रिकोणात्मक सिरिज : नेपालले आज हङकङसँग खेल्ने

२ कार्तिक २०८०, बिहीबार ०८:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले हङकङको सामना गर्ने भएको छ । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजको आयोजना गरेको हो ।
सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो ।

२ कार्तिक २०८०, बिहीबार ०८:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस