|  

प्रदेश ३ को कार्यवाहक मुख्य मन्त्री आन्तरिक मामिला मन्त्री जम्कट्टेल

१७ असार २०७६, मंगलवार १७:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक बहादुर गुरुङ
मकवानपुर १७ असार
मुख्य मन्त्री डोरमणी पौडेल चीन प्रस्थान गरेसगै प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल कार्यवाहक मुख्य मन्त्री तोकिएको छ ।

मुख्य मन्त्री डोरमणि पौडेल चिनको गान्सु प्रान्तको गभर्नरको निमन्त्रणामा लान्झाउ शहरमा हुने विभिन्न कार्यक्रमको लागि सहभागी हुन चीन प्रस्थान गरे सगै प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले मुख्य मन्त्री डोरमणि पौडेलको प्रस्तावमा कार्यवाहक मुख्य मन्त्री प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाइ तोकिएको छ ।

लामो समय देखि मन्त्री बिहिन भएको भौतिक पुर्वाधार बिकास मन्त्रालय पनि मुख्य मन्त्रीले समाल्दै आएकोले उक्त मन्त्रालय पनि कार्यवाहक मुख्य मन्त्री जम्कट्टेलले समाल्ने भएको छ ।

१७ असार २०७६, मंगलवार १७:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस