|  

गायक श्याम महर्जनको स्वरमा ‘माया हाम्रो’ सार्वजनिक

१३ कार्तिक २०८०, सोमबार ०८:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक श्याम महर्जनको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ ।
मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितिलाई पनि गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ। गीतको गीतमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ ।

१३ कार्तिक २०८०, सोमबार ०८:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस