|  

पश्चिमी वायुको आंशिक प्रभाव : तीन दिन वर्षा र हिमपातको सम्भावना

१४ कार्तिक २०८०, मंगलवार ०६:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । आजदेखि तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो ।

मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभार आंशिक बदलीदेखि मौसम समान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

१४ कार्तिक २०८०, मंगलवार ०६:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस