|  

टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र मलेसिया भिड्दै

१४ कार्तिक २०८०, मंगलवार ०६:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत आज मंगलबार समूह ‘ए’मा रहेको घरेलु टोली नेपाल र मेलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने मलेसिया पहिलो जितको खोजीमा हुनेछ ।

यसअघि हिजो सोमबार नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो भने समूह ‘ए’मा रहेको मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।

यसैगरी, आज बिहान ९ बजे समूह ‘ए’मा रहेको ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । सोही समयमा समूह ‘बी’मा रहेको बहराइन र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

यसअघि हिजो सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘बी’ रहेको हङकङले कुवेतलाई १६ रनले पराजित गरेको थियो भने युएईले बहराइनलाई ५ विकेटले पराजित गरेको थियो ।

यस्तै आजै समूह ‘बी’ रहेको कुवेत र युएईबीचको खेल आजै दिउँसो १ः१५ बजेबाट त्रिवि क्रिकेट मैदान हुनेछ ।

सोमबार भएका चार वटा खेलपछि अंक तालिकामा समूह ‘ए’ मा एकरएक जितका साथ नेपाल पहिलो र ओमान दोस्रो स्थानमा छन् भने मलेसिया र सिंगापुर क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समूह ‘बी’ मा एकरएक जितका साथ हङकङ र यूएई क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् भने हारसँगै बहराइन र कुवेत क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

 

समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुईरदुई टोली सेमिफाइनल पुग्ने

१४ कार्तिक २०८०, मंगलवार ०६:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस