|  

अब नेपाल सेमिफाइनलमा यूएईसँग भिड्ने

१६ कार्तिक २०८०, बिहीबार १४:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ। आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलको सेमिफाइनलमा नेपाल यूएईसँग भिड्ने भएको छ ।
नेपाल बिहीबार ओमानसँग हारेपछि समूह एको उपविजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को विजेता यूएईसँग भेट हुने भएको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले हार्दै समूह उपविजेता बनेको हो । समूह चरणको अन्तिम खेलमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो । आजै माथिल्लो मूलपानी मैदानमा भएको समूह बीको अन्तिम खेलमा हङकङलाई २२ रनले हराउँदै यूएई समूह विजेता बनेको हो ।

१६ कार्तिक २०८०, बिहीबार १४:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस