|  

जाजरकोटमा गएरातिको भूकम्पबाट उपमेयरसहित ३४ जनाको मृत्यु

१८ कार्तिक २०८०, शनिबार ०५:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोटमा गएरातिको भूकम्पबाट ३४ जनाको ज्यान गएको पुष्टि भएको छ । ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट अरु क्षतिको बारेमा विवरण संकलन भइरहेको उनले बताए । जाजरकोटमा गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण संकलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

१८ कार्तिक २०८०, शनिबार ०५:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस