|  

इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

१८ कार्तिक २०८०, शनिबार १३:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ ।

फ्लाई दुबईको जहाजमार्फत धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली–३ का राजन फुलाराको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फुलाराको शव हिजो दिउँसो, स्वर्णकारको गएराति र शाहको शव आज बिहान नेपाल आइपुगेको हो ।

इजरायलमा गएको असोज २० गते अर्थात् अक्टोबर ७ तारिखमा हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । अहिलेसम्म आठ जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

१८ कार्तिक २०८०, शनिबार १३:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस