|  

भूकम्पले घर भत्काएका ठाउँ बाहेक अन्य ठाउँमा विद्युत् सेवा नियमित

१८ कार्तिक २०८०, शनिबार १३:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँ बाहेक अन्य ठाउँमा विद्युत् सेवा नियमित गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षतिपुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् नियमित बनाएको हो ।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले शुरुमा अस्पतालहरुको विद्युत् नियमित बनाइएको बताउनुभयो । यादवले घरहरु भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गर्नुभयो । उहाँले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य ठाउँमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको बताउनुभयो ।

१८ कार्तिक २०८०, शनिबार १३:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस