|  

मुगु पुगेर सीआईबीद्वारा सामूहिक हत्याको अनुसन्धान सुरु

२० कार्तिक २०८०, सोमबार ०८:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ । यही कात्तिक ८ गते मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुगाउँमा सामूहिक हत्याका घटना भएको थियो । घटना भएको नौ दिन बितिसक्दा पनि प्रहरीबाट घटनाको दोषी पत्ता लाग्न नसकेपछि अनुसन्धानका लागि सीआईबी टोली मुगु पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाका अनुसार डिएसपी धर्म भण्डारी नेतृत्वको टोली मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । सीआईबी टोलीले स्थानीय घटनास्थल र अन्य स्थलबाट अनुसन्धान गरिरहेको छ । घटना अनुसन्धानमा सिआईबी टोली खटिएपछि पीडित परिवार पनि अनुसन्धान निष्कर्षमा पुग्नेमा विश्वस्त देखिन्छ ।

यता छायानाथ रारा ६ का वडाध्यक्ष खेमराज रावलले अनुसन्धानमा सीआईबीको प्रवेशले नयाँ आशा पलाएको बताए । उनले भने, सीआईबी पुग्नुअघि सुर्खेतबाट दुई टोली र जुम्लाबाट गएको एक टोलीले अनुसन्धान गरिरहेका थिए । घटनास्थल अनुसन्धानमा गएको कुकुरसहितको टोली भने नेपालगञ्ज फर्किसकेको छ । सीआईबी टोली मुगु पुगेपछि केही आशा जगाएको छु अध्यक्ष रावलले भने । घटनाका बारेमा विस्तृत बुझ्नका लागि कर्णाली प्रदेशका डिआईजी भीमप्रसाद ढकाल आफैँ जिल्ला पुगेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

२० कार्तिक २०८०, सोमबार ०८:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस