|  

जुवाखालमा छापा: एक लाख ३० हजार रुपियाँ नगदसहित २४ जना पक्राउ

२१ कार्तिक २०८०, मंगलवार १३:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जुवाखालमा छापा: एक लाख ३० हजार रुपियाँ नगदसहित २४ जना पक्राउ

काठमाण्डौँ । तिहार नजिकिदै गर्दा चेकजाँच र अवैध क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको चितवन प्रहरीले रत्ननगर १५ माधवपुर र भरतपुर २८ बाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३० हजार रुपियाँ नगदसहित २४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्का नेतृत्वको प्रहरी टोलीले सोमबार राति १०ः४५ बजे रत्ननगर १५ माधपुरस्थित सुदिप गुरुङले बनाएको खोरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ८० हजार पाँचसय रुपियाँ नगद र दुई सेट कौडा बरामद गरेको जनाएको छ । यसअघि शनिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलले भरतपुर –२८ गोलाघाट अन्द्रौलीस्थितमा जंगबहादुर कुमालले सञ्चालन गरेको गोलाघाट वाइल्डलाईफ रिसोर्टमा हारजित हुनेगरी पैसाको बाजी थापी जुवा कौडा खेलिरहेको अवस्थामा जुवाको लागि प्रयोग गरिएका सामग्री र ५० हजार ७३५ रुपियाँ नगदसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो ।

२१ कार्तिक २०८०, मंगलवार १३:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस