|  

गजुरी गाउँपालिकाद्धारा पालिकाभरका सबै माध्यामिक विद्यालयलाई खेलकुद सामग्री बितरण

२२ कार्तिक २०८०, बुधबार ०७:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ जिल्लाको गजुरी गाउँपालिकाले शिक्षा र खेलकुद क्षेत्रको विकासमा पनि मुख्य प्राथमिकताका साथ अघि बढेको छ । नागरिकको हित र सेवामा निरन्तर सक्रिय बनिरहेको गाउँपालिका यतिबेला खेलकुद क्षेत्रको विकासमा पनि अग्रणी देखिएको हो ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई आधुनिकीकरण गर्ने नीति लिएर अघि बढिरहेको छ भने शिक्षासँगै जोडिएर आउने सिर्जनात्मक प्रतिभा र व्यक्तित्व विकासको अभिन्न क्षेत्र मानिने खेलकुदलाई पनि उसैगरी विकास गर्ने अभियानमा यतिबेला गजुरी गाउँपालिका जुटिरहेको छ ।

यसैअन्तर्गत मंगलवार बिहान गजुरी गाउँपालिका कार्यालयले पालिकाभित्रका माध्यामिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिला विसुराल र वडा अध्यक्षहरु सहित अन्य जनप्रतिनिधिहरुको उपस्थितिमा गजुरीस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले १० वटा माध्यामिक विद्यालयलाई विभिन्न खेलकुद सामग्रीहरु ह्स्तान्तरण गर्नुभएको हो ।

विद्यालयहरुमा अध्ययनरत विद्यार्थी खेलाडीहरुको खेल प्रतिभा र क्षमताको अभिवृद्धिका साथै आगामी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको पूर्व तयारीस्वरुप खेलकुद सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विगतको तुलनामा शिक्षासँगै खेलकुदको विकासका लागि स्थानिय सरकारले पनि आफ्नो दायित्व महसुस गर्दै यस्ता प्रतियोगिताहरुमा गजुरीको खेल क्षमता अन्य गाउँपालिकाहरुको तुलनामा अब्बल बनाउन विद्यालयलाई आवश्यक सबै खेलकुद सामग्री हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष शर्मिला विसुरालले बताउनुभयो ।

कार्यक्रममा गजुरी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष तारानाथ भण्डारी, ७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कट्टेल, ८ का वडा अध्यक्ष देवराज ओझा र पालिकाका शिक्षा प्रम’ख सन्तोष पौडेल लगायतको सहभागिता रहेको थियो।

खेलकुद सामग्री वितरण गरिएका गजुरीका १० विद्यालयहरुमा वडा नं १ स्थित आदर्श माध्यामिक विद्यालय, वडा नं ३ को महेन्द्रोदय माध्यामिक विद्यालय, वडा नं ४ मा रहेको पिण्डेश्वरी माध्यामिक विद्यालय र छेपाङ माध्यामिक विद्यालय, वडा नं ५ स्थित डोलभञ्ज्याङ माध्यामिक विद्यालय र गजुरी पिडा माध्यामिक विद्यालय, वडा नं ६ को भानुभक्त माध्यामिक विद्यालय, वडा नं ७ मा रहेको किराञ्चोक कटुन्जे माध्यामिक विद्यालय, वडा नं ८ स्थित किराञ्चोक माध्यामिक विद्यालय र थुम्किडाँडा माध्यामिक विद्यालय रहेका छन् ।

विद्यालयहरुलाई हस्तान्तरण गरिएका खेलकुद सामग्रीहरुमा राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा समावेश हुनका लागि आवश्यक भलिबल, नेट, छेलो, ज्वाबलिन थ्रो, त्यसका लागि आवश्यक भालाहरु, हाइजम्प, लङजम्पका मेजरिङ टेप, स्ट्यान्ड, निक प्याड, डिस्प्ले बोर्ड, लगायत उपलब्ध गराइएको गजुरी गाउँपालिकाका स्रोत शिक्षक सुजन भण्डारीले जानकारीले जानकारी दिनु भयो।

उहाँका अनुसार डेढ महिनाअघि पनि पालिकाले गजुरीभरीका विद्यालयहरुका लागि तीन जना खेलकुद प्रशिक्षकहरु नियुक्त गरेको थियो ।

गाउँपालिका भित्र पर्ने साविकका गजुरी, पिडा र किराञ्चोक गरी तीन गाविसका लागि एक÷एक जना रहनेगरी प्रशिक्षक नियुक्त गरिएको थियो ।

२२ कार्तिक २०८०, बुधबार ०७:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस